29.4.10

सिड्नीवासी नेकपा (एमाले) समर्थक तथा शुभचिन्तकलाई अपिल

अष्ट्रेलियामा बसोबास गर्नुहुने सम्पुर्ण नेपालीमा हार्दिक अभिवादन !


मानिस आफैमा क्रियाशील, चेतनशील, विवेकशील प्राणी भएको कुरा विश्वजगतले स्विकार्दै आएको छ । मानिस परिवारभित्र रमाउन चाहन्छ, समूह र समाजमा परिचित र संगठित हुन चाहन्छ ।

मानिस जुन स्थान र भूगोलमा रहे पनि आफ्नो देश र समाजका निमित्त आफूले सकेको दायित्व र जिम्मेवारी बहन गर्न अग्रसर रहन्छ । ऊ देश र जनताबाट बेखबर बनी कुनै ठाउँमा सुखपुर्वक रहन सक्दैन । तपाईं-हामीहरू आफ्नो ठाउँ, तह र तप्काबाट स्वदेशलाई निःस्वार्थ रूपले मन-वचन र कर्मले सहयोग र योगदान पुराउन चाहन्छौं ।

त्यसकारण अहिले हामी हाम्राबीचमा रहेको प्रतिभा, सिर्जना र ऊर्जालाई एउटै थलोमा संगठित गर्ने वर्तमान परिस्थितिको दायित्वभित्र छौं । त्यही भावनाबाट अभिप्रेरित बनी तपाईं हाम्रो विचार, वर्गीय सोच, आस्था, गन्तव्य र लक्ष्यलाई संगठित गर्ने तथा हाम्रो आत्मीय भाइचारा र मित्रवत् सिस्टाचारको सम्बन्धलाई घनीभूत र ताजा बनाउने हाम्रो योजना छ । यही उद्देश्यसहित नेपाली लोकतान्त्रिक मञ्च, अष्ट्रेलिया र नेकपा एमाले, अष्ट्रेलियाको अगुवाइमा अत्तराष्ट्रिय श्रमिक दिबसको अवसरमा आगामि मे १ शनिवार मा हुने BBQ कार्यक्रमको आयोजनामा एमालेका सम्पुर्ण समर्थक र शुभचिन्तक कमरेडहरूलाई कार्यक्रममा सरिक हुन हार्दिक अपिल गर्दछौं ।


कार्यक्रम स्थान: एस्फिल्ड पार्क

कार्यक्रम हुने दिन: मे १ शनिवार


समय: बिहान ११ बजे देखि

बृस्तित संपर्कको लागी

हरि लामिछाने - ०४३३३७४१५७

धर्मराज अधिकारी - ०४१७४३९३१५

No comments:

Post a Comment